+
+

बारा ४ बाट किसान श्रेष्ठले दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते २०:०१

२३ असोज, बारा । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले सत्ता गठबन्धनको तर्फबाट बारामा उम्मेदावरी दर्ता गराएका हुन् । श्रेष्ठले यसअघिको निर्वाचनमा नेकपा एमालेका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गरेका थिए ।

प्रतिनिधिसभामा श्रेष्ठले उम्मेदवारी दर्ता गराउँदा प्रदेश क मा नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष समेत रहेका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ख मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश इन्चार्ज जितेन्द्र सोनलले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले सत्ता गठबन्धनले तनहुँबाहेक जहाँ उठे पनि टिकट दिने भनेकोले आफूले बारा रोजेको बताए । उनले भने, ‘सेज सञ्चालनमा भूमिका खेल्नेछु, बाराको बेरोजगारी हल गर्न यहाँका उद्योगहरुमा समन्वय गर्नेछु । पथलैयामा लालपूर्जाविहीनलाई लालपूर्जा दिलाउनेछु, तराई मधेसका घरबारविहीन दलित समुदायलाई घरबारको पहल गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?