+
+

गुगल मीट र युट्युबको लाइभ भिडियो सँगै कसरी हेर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते ८:३१

काठमाडौं । गुगलको भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म गुगल मीटमा लाइभ शेयरिङ फिचर थप गरिएको छ । यो फिचरले प्रयोगकर्तालाई गुगलमा मीटको भिडियो कन्फ्रेन्सिङमा जोडिएका सबै सहभागी अन्तरक्रिया गर्न तथा सामग्रीहरु शेयर गर्न सम्भव तुल्याएको छ ।

यसबाट प्रयोगकर्ताले भिडियो कन्फ्रेन्सिङका क्रममा युट्युब समेतको भिडियो स्ट्रिम गरी सबैलाई देखाउन सक्नेछन् ।

गुगलले अर्को प्लाटफर्म डुओमा उक्त फिचर गत वर्ष सुरुवात गरेको थियो । हाल डुओ र गुगल मीट मर्ज भएसँगै उक्त फिचर गुगल मीटमा सुरु गरिएको हो ।

गुगल मीटमा युट्युब भिडियो कसरी देखाउने त ?

यसका लागि तपाईंसँग एन्ड्रोइड डिभाइस हुनुपर्दछ भने युट्युब तथा गुगल मीट खोल्नका लागि आफ्नो व्यक्तिगत गुगल अकाउन्ट चाहिन्छ । गुगल मिटमा युट्युब लाइभ शेयरिङ गर्नका लागि युट्युबको प्रिमियम सदस्यता आवश्यक पर्दछ । तर शेयर गरिएको भिडियो चाहिँ सामान्य प्रयोगकर्ताले पनि देख्न सक्दछन् ।

गुगल मीटमा युट्युब भिडियो स्ट्रिम गर्नका लागि

  • गुगल मीटमा जोडिएसँगै call controlled देखाउनका लागि स्क्रिनमा ट्याप गर्नुहोस्
  • स्क्रिनको पिँधमा रहेको तीनवटा थोप्लायुक्त मेन्यूमा क्लिक गर्नुहोस् र Activities अप्सन छान्नुहोस्
  • Activities मेन्यूमा रहेको युट्युब बटन थिच्नुहोस्
  • आफूले लाइभ शेयर गर्न चाहेको भिडियो युट्युबमा छान्नुहोस्
  • बालबालिकाका सामग्री भएका भिडियो तथा सशुल्क विज्ञापनका युट्युब भिडियो भने गुगल मीटमा लाइभ शेयरिङ गर्न सकिँदैन ।
  • त्यसपछि लाइभ शेयर गर्ने भिडियोमा थिच्नुहोस्
  • लाइभ शेयरिङ सुरु गर्ने सन्देश सहितको पप अप मेन्यूमा रहेका Start बटन थिच्नुहोस् ।

लाइभ शेयरिङ सुरु भएसँगै स्क्रिनको पिँधमा You are live sharing in Meet भन्ने लेखिएको हरियो बार देखा पर्दछ ।

योसँगै गुगल मीटमा रहेका अन्य सबै सहभागीले तपाईंले शेयर गरिरहेको भिडियो देख्न सक्दछन् । साथै मीटमा चलिरहेको उक्त भिडियोलाई जोकोही सहभागीले pause गर्न, rewind गर्न तथा forward गर्न सक्दछन् ।

युट्युब भिडियो शेयर भैरहेका बेला मेसेज तथा नोटिफिकेसनको पप अप नदेखिन सक्दछ । त्यसैले नोटिफिकेसन तथा मेसेज हेर्नका लागि गुगल मीटको एप हेरिरहनु पर्दछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?