
२६ असोज, काठमाडौं । काठमाडौं–५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले नेता नरहरि आचार्यसँग भेट गरेका छन् ।
आचार्यले यसै क्षेत्रबाट २०६४ र २०७० को संविधानसभा निर्वाचन जितेका थिए । त्यसपछि स्वास्थ्यका कारण आचार्यले सक्रिय राजनीति छोडेका छन् ।
बुधबार कांग्रेस उम्मेदवार पौडेल नेता आचार्यलाई भेट्न उनको निवास महाराजगञ्जमा पुगेका थिए ।
भेटमा आचार्यले स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर नागरिकका पक्षमा काम गर्न सुझाव दिएका पौडेलका एक सहयोगीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4