+
+

दर्शक फकाउँदै हरिवंश, विर्तामोडबाट ‘महापुरुष’को मोफसल टुर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १६:५३

काठमाडौं । महजोडीको फिल्म ‘महापुरुष’ले पूर्वी नेपालको विर्तामोडबाट ‘मोफसल भ्रमण’ सुरु गरेको छ । मंगलबार विर्तामोडको वानस्टप मलमा आयोजित कार्यक्रममा अभिनेता हरिवंश आचार्यसहितका कलाकारले दर्शकलाई मनोरञ्जन दिए ।

दर्शकको बाक्लो उपस्थिति रहेको वानस्टप मलमा हरिवंशसहित गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्रसिंह बानियाँ लगायत उपस्थित थिए ।

स्थानीय कलाकारले प्रस्तुति दिएको कार्यक्रममा कलाकारहरु अरुण र अञ्जनाले नृत्य प्रस्तुत गरे । रचना रिमालको गायकीमा दर्शक झुमे । आफ्ना हिट गीत गाउँदै रिमालले दर्शकलाई मन्त्रमुग्ध बनाइन् ।

अभिनेता आचार्यले उपस्थित दर्शकलाई कात्तिक ११ गते फिल्म हेर्न आग्रह गरे । आफ्ना हिट गीत गाउँदै उनले फिल्मको बारेमा बताउन आफूहरु झापा आएको बताए । दमकमा महापुरुष टिमले पत्रकार सम्मेलनदेखि हल र स्कुल भ्रमण समेत गरेको थियो । स्थानीय डिम्याक्स हलमा पुगेर कलाकारले दर्शकलाई फिल्म हेर्न आग्रह गरे ।

बुधबार इटहरी र विराटनगरमा ‘महापुरुष’को प्रमोसन टुर कार्यक्रम हुँदैछ । विर्तामोडमा जस्तै फिल्मले यहाँ पनि प्रचारप्रसार कार्यक्रम चलाउनेछ ।

पूर्वी नेपालबाट फिल्मले हेटौंडा, नारायणगढ, बुटवल, पोखरा लगायतका सहरमा मोफसल भ्रमण कार्यक्रम गर्दैछ । प्रदीप भट्टराई निर्देशित फिल्मले ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ ।

म्याक्स दीपेश खत्रीले निर्माण गरेको फिल्मलाई षट्कोण फिल्म्सको ब्यानरमा रविन्द्रसिंह बानियाँले कार्यकारी निर्माण गरेका हुन् । पारिवारिक कथावस्तुमा बनेको फिल्मले प्रेम र विवाहको कथा प्रस्तुत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?