+
+

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १६:०७

२७ असोज, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विजयी सुरुवात गरेको छ ।

पोखराको याम्दीस्थित गोस्टेघाट खेलमैदानमा बिहीबारदेखि भएको खेलमा एनआरएनएले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राइले गोल गरे । विमलले खेलको आठौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । दोश्रो गोल भने एनआरएनएका सञ्जोगले दोश्रो हाफको दशौं मिनेटमा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?