+
+

सुदूरपश्चिम एमालेका ५ बागी उम्‍मेदवार पार्टीबाट निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १२:३०
भक्तबहादुर अधिकारी

२८ असोज, धनगढी । नेकपा एमालेले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरनेगरी निष्कासन गरिएको एमालेले जनाएको छ ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटि सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धीत कमिटिले पार्टीबाट निष्कासन गरेको जानकारी दिए ।

उनका अनुसार प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्ब्र १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा(२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?