+
+

टीभीएसको एक्सचेन्ज मेला ३१ असोजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १७:२६

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्र्यान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ ।

३१ असोजदेखि ५ कात्तिकसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन् ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरी टीभीएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मूल्यांकन भन्दा ७ हजार बढी, साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुट पाउने कम्पनीले जनाएको छ । यो योजनामा आर्षक फाइनान्स अफर पनि समावेश रहेको कम्पनीको भनाइ छ । जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?