+
+

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यस वर्ष वितरण गरिंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते ११:२३

काठमाडौं। कोरोना महामारीका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ। २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा मुलुकका तीन जना स्रष्टा र समाजसेवीलाई दिइने घोषणा गरिएको भारती खरेल प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः  वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालका संस्थापक अनुराधा कोइराला र वरिष्ठ समालोचक वासुदेव त्रिपाठीलाई दिइने निर्णय गरेको सदस्य सचिव प्रयागराज भट्टराई वशिष्ठले बताए । उनका अनुसार यो पुरस्कारमा सम्मानपत्र सहित ५१ हजार रुपैयाँ राशी राखिएको छ ।

भक्तिमति एवं विशिष्ट साहित्य साधिका स्वर्गीय भारती खरेलको ८५ औं जयन्तीका अवसरमा यो पुरस्कार वितरण गर्न लागिएको हो । भक्तिमति एवं विशिष्ट साहित्य साधिका स्वर्गीय भारती खरेलको स्मृतिमा उनका पति एवं समाजसेवी चन्द्रिकानन्द खरेल र छोरा एवं गायक दीपक खरेल लगायतले २०४९ सालमा प्रतिष्ठान स्थापना गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष मंसिर १६ गते एक समारोहको आयोजना गरी पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?