
काठमाडौं । न्युरो सर्जन प्रा. डा. राजीव झा बेलायतको प्रसिद्ध पुरस्कार ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डबाट सम्मानित भएका छन् ।
बेलायतको द रोयल कलेज अफ सर्जियन अफ एडनबर्गले शल्य चिकित्साको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरेको छ । यस वर्ष यो अवार्ड नेपालका डा. झालाई प्रदान गरिएको हो । झा वीर अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख हुन् ।
कलेज शल्य चिकित्सा अध्ययनका लागि विश्वकै सबैभन्दा पुरानो अस्पताल हो । यो सम्मानबाट सम्मानित हुने झा नेपालका दोस्रो चिकित्सक हुन् । यसअघि उक्त सम्मान न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई दिइएको थियो ।
डा. झा एक अनुभवी, परिपक्व र कुशल शल्य चिकित्सकको रुपमा परिचित छन् । उनले १८ हजार भन्दा बढीको शल्यक्रिया गरिसकेका छन् ।
उनी यसै वर्ष राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार’बाट समेत पुरस्कृत भएका थिए ।
प्रतिक्रिया 4