+
+

काठमाडौं–१ मा कम्युनिस्ट किल्ला मैले भत्काएको हुँ : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १४:४४

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा कम्युनिस्टको किल्ला आफूले भत्काएको दाबी गरेका छन् ।

काठमाडौं १ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका सिंहले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै भनेका छन्, ‘२०४८ देखि संविधान कम्युनिस्ट दल विजयी भएका थिए । २०६४ देखि कांग्रेसले विजयी हासिल गर्नु सुरु गरेकोे हो ।’

मतदाताकै विश्वासका कारणले आफू यो क्षेत्रमा चोथौपटक उम्मेदवार बनेको उनले सुनाए । चुनिएर गएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको भन्दै उने भने, ‘यहाँका नागरिकले अपेक्षा गरेका र गर्न सकिने कार्य गरेका कारणले पटक पटक विजयी हुँदै आएको छु ।’

काठमाडौं १ बाट निर्वाचित हुनेहरु राज्य सञ्चालनका लागि उच्च पदमा पुगेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?