+
+

कर्णाली प्रदेशमा अलपत्र हवाई यात्रुको उद्धार हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १६:४३
सिमीकोट विमानस्थल/फाइल तस्वीर

१ कात्तिक, काठमाडौं । वायुसेवा कम्पनीहरुले गरेको उडान कटौतीका कारण कर्णाली प्रदेशका विभिन्न गन्तव्यमा अलपत्र परेका यात्रुको उद्धार हुने भएको छ । मंगलबार वायुसेवा सञ्चालक संघका अध्यक्षतामा काठमाडौंमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा दुर्गम भेगमा जहाज उडाउने कम्पनी समिट एयर, तारा एयरका प्रतिनिधि, कर्णाली प्रदेशका जनप्रतिनिधिसहितको उपस्थिति थियो ।

बैठकले कर्णाली प्रदेशमा अलपत्र परेका सम्पूर्णलाई चाडो भन्दा चाडो उद्धार गर्ने निर्णय गरेको संघले जनाएको छ । कर्णाली प्रदेशमा हालको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरुसँग भएका स्रोत साधनको पूर्ण उपयोग गर्ने निर्णय समेत बैठकले गरेको छ । हवाई यातायात निर्वाध रुपमा सञ्चालन गर्न शान्ति सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने निर्णय समेत भएको छ । वायुसेवा कम्पनीहरुले यथाशिघ्र ई–टिकेटिङको व्यवस्था गर्नु गर्ने निर्णय समेत उक्त बैठकमा भएको छ ।

वायुसेवा कम्पनीहरुले यतिबेला पर्यटकीय सिजन भएका कारण धेरै उडान लुक्लामा केन्द्रित गरेका छन् । जसले गर्दा कर्णाली तथा सुदूरपश्चिमका विमानस्थलहरुमा नियमित उडान प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?