+
+

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेशी आयोगको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १२:४९

२ असोज, काठमडौं । मधेशी आयोगले धर्मपरिवर्तनका नाममा मधेशमा रकम आउने गरेको भन्दै त्यसलाई रोक्न सरकारलाई सुझाव दिएको छ ।

आयोगले हालै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रतिवेदनमा धर्मान्तर (धर्म परिवर्तन) र धर्मान्धताका नाममा भित्रिने रकममा गृह मन्त्रालयले निगरानी गर्नुपर्ने सुझाव दिएको हो ।

आयोगले सनातन हिन्दु संस्कृतिमाथि अतिक्रमण र धर्मान्तरण रोक्न समेत सरकारलाई सुझाएको छ ।

यस बाहेक आयोगले विभिन्न धर्मावलम्बीका शैक्षिक संस्थालाई सूचीकृत गरेर राज्यको मूलधारमा ल्याउन समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?