
काठमाडौं । गायक शिव परियारले आफ्नो सांगीतिक करिअरमा तेस्रो चरणको संघर्ष सुरु भएको बताएका छन् ।
नयाँ गीत ‘बाटो हेर्दाहेर्दै’ सार्वजनिक गर्दै शिव लेख्छन्, ‘करिब सात वर्ष दोस्रो चरणको संघर्ष र सफलता रह्यो । अब ‘बाटो हेर्दाहेर्दै’ गीतले मेरो जीवनको तेस्रो चरणको संघर्षको सुरुवात गर्नेछ । यो मेरो सांगीतिक जीवनमा आफैंसँगको प्रतिस्पर्धा रहनेछ ।’
फेवातालमा साइँली, अलिकति नजर, कहाँ थियौ तिमी, क्या दामी भो, संगी लगायतका गीत रिलिज भएको समय २०६२ सालदेखि २०७२ सालसम्मको १० वर्ष अवधिलाई उनले पहिलो चरणको संघर्ष भनेका छन् ।
पिलायो साथीले, नभेटी नभेटी, आँसुको अर्थ, पाकेर खाको फल मीठो, फूलैफूल दिन्छौ कि, धोके बाज हौ तिमी लगायतका गीत रिलिज भएको २०७२ देखि २०७९ सम्मको अवधिलाई उनले दोस्रो चरण भनेका छन् ।
‘अब ‘बाटो हेर्दाहेर्दै’ गीतले मेरो जीवनमा तेस्रो चरणको संघर्षको सुरुवात गर्ने छ । यो मेरो सांगीतिक जीवनमा आफैंसँगको प्रतिस्पर्धा रहनेछ,’ शिवले लेखेका छन् ।
शिवको स्वरको नयाँ गीत ‘बाटो हेर्दाहेर्दै’मा नरेन लिम्बूको शब्द तथा संगीत छ भने नीरन डंगोलले एरेन्ज गरेका छन् । गीतको भिडियोमा करिश्मा श्रेष्ठ फिचर्ड छिन् । भिडियोलाई नरेनले नै निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4