+
+

पाँच सय वर्ष पुरानो जापानको शौचालयमा कार ठोक्किएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १७:३४

सांस्कृतिक सम्पदा संरक्षण गर्ने काममा सक्रिय एक जापानी नागरिकले त्यहाँको सदियौं वर्ष पुरानो बौद्ध मन्दिरमा रहेको देशकै पुरानो शौचालयमा भूलवस आफ्नो कार ठोक्काए । दुर्घटनाबाट ५०० वर्ष पुरानो उक्त शौचालयमा क्षति पुग्यो ।

जापानको पश्चिमी क्योटो क्षेत्रस्थित टोफुकुजी मन्दिरमा रहेको उक्त शौचालय जापानमा अहिलेसम्म रहेको सबैभन्दा पुरानो शौचालय हो, जुन १५ औं शताब्दीमा बनेको हो । त्यसैले शौचालय हुनुका बाबजुद यसले जापानमा महत्वपूर्ण सांस्कृतिक तथा पुरातात्विक सम्पदाको मान्यता पाएको थियो ।

प्रहरीका अनुसार क्योटो सम्पदा संरक्षण संघका एक सदस्य समेत रहेका ती ३० वर्षे युवकले आफ्नो कार ब्याक गर्ने क्रममा उक्त ट्वाइलेटमा कार ठोक्काउँदा शौचालयको काठको ढोका क्षतिग्रस्त भएको छ ।

प्रहरीका अनुसार उक्त क्षतिग्रस्त ढोकाको मर्मत गर्न निकै मेहनत गर्नुपर्नेछ । कारको ठक्करबाट भित्रको पर्खालमा पनि सामान्य क्षति पुगेको छ, तर शौचालयको शौच गर्ने भागमा भने क्षति पुगेन ।

स्थानीय संरक्षण अधिकारी नोरिहिको मुराताका अनुसार परम्परागत रुपमा भिक्षुहरुद्वारा उनका तपस्वी प्रशिक्षणको एक भागका रुपमा सो शौचालय प्रयोग हुने गर्दथ्यो । यद्यपि हाल उक्त शौचालय प्रयोगमा छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?