+
+

समाजलाई एकताबद्ध गर्न खेलकुदको महत्वपूर्ण भूमिका : पूर्वसभामुख घर्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते ९:४८

४ कात्तिक, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा–९ हात्ती डाँडामा ब्याडमिन्टन प्रतिगोगिता सुरु भएको छ ।

हात्तीडाँडा समाजद्वारा आयोजित स्वर्गीय चुडामणि गिरी तथा जुनुकुमारी गिरी स्मृति ब्याटमिन्टन प्रतियोगिताको पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले शुक्रबार बिहान उदघाटन गरिन् ।

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी घर्तीले खेलकुदले मानिसलाई स्वस्थ, निरोगी र अनुशासित बनाउने उल्लेख गरिन् । पूर्व खेलकुद मन्त्रीसमेत रहेकी घर्तीेले समाजलाई एकताबद्ध गर्न पनि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् ।

कार्यक्रममा कागेश्वरी मनोहरा–९ का वडाअध्यक्ष अनिल थापा, हात्तीडाँडा समाजकी अध्यक्ष बिना दाहाल र स्वर्गीय गिरीद्वयका पुत्र श्याम गिरीले काठमाडौं २ ले पूर्वसभामुखजस्तो राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवारका रुपमा पाएको भन्दै जितको शुभकामना दिए ।

निर्वाचनमा विजय वा पराजय जे भए पनि काठमाडौं २ नछाड्न र सो क्षेत्रको विकासमा योगदान दिन घर्तीलाई उनीहरुको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?