+
+

स्कटल्याण्डलाई हराउँदै जिम्बावे टी–२० विश्वकपको सुपर १२ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १७:३६

४ कात्तिक, काठमाडौं । स्कटल्याण्डलाई ५ विकेटले हराउँदै जिम्बावे टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा पुगेको छ ।

आज (शुक्रबार) भएको समूह बीको दोश्रो खेलमा स्कटल्याण्डले दिएको १३३ रनको लक्ष्य जिम्बावेले १८.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । जिम्बावेलाई जिताउन जिम्बावेका ओपनर कप्तान क्रेग एर्विनले ५८ तथा सिकन्दर राजाले ४० रन बनाए ।

एर्बिनले नले ५४ बलमा ६ चौका प्रहार गरे । अर्का ब्याटर सिकन्दर राजाले ४० रन बनाए । मिल्टोन सुम्बा ११ रनमा अविजित रहे । स्कटल्यान्डका लागि जोस डवीले २ विकेट लिए । बार्ड ह्वील, मार्क वाट, माइकल लिस्कले समान १ विकेट लिए ।

त्यसअघि बेलरिव होर्बट ओभलमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले ५४ रन तथा कलुम म्यालियोडले २५ रन बनाए । जिम्बावेका लागि टेन्डाइ चतरा, रिर्चाड नर्गभाले समान २ विकेट लिए ।

यो समूहबाट वेष्ट इण्डिजलाई हराउँदै आयरल्याण्ड तथा अर्को समूहबाट श्रीलंका र नेदरल्याण्ड्स यसअघि नै सुपर १२ मा पुगेका थिए ।

भारत, अफगानिस्तान, पाकिस्तान, इङ्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र बंगलादेशले भने सिधै सुपर १२ मा पुगेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?