+
+

सशस्त्र प्रहरीको ट्रक दुर्घटना, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते २०:५८

४ कात्तिक, बुटवल । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

चारनम्बर जितपुरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिंदा दुर्घटनामा परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते ७ जनामध्ये तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । ४ जनाको सामुदायिक अस्पताल चार नम्बरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?