
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर फिल्मले प्रदर्शनको दोस्रो दिन शनिबार आकर्षक कमाइ गरेको छ ।
शनिबार मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० देखि शतप्रतिशत देखिएको छ । मध्यान्ह र बेलुकीका शोजहरु भरिभराउ छन् । सकारात्मक समीक्षा प्राप्त गरेको फिल्मले विकडेजमा आफूलाई कसरी अघि बढाउँछ भन्ने कुरा यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।
क्यूएफएक्स, एफक्यूब, बिग, आइएनआई मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी बलियो देखिएको छ । शुक्रबार फिल्मले ५० लाख हारहारीमा ओपनिङ गरेको जानकारी निर्देशक खनालले दिए ।
‘पहिलो दिन ५० को हारहारीमा ओपनिङ छ । शनिबार ९० लाख ग्रस आसपास हुने अनुमान छ’ खनालले भने, ‘भयंकर राम्रो रेस्पोन्स पाएका छौं । तिहार बिदा आउनै बाँकी भएकाले कमाइमा बढोत्तरी हुने अनुमान छ ।’
संयोगवश फिल्मलाई फाइदाको पक्ष के देखिएको छ भने, विकडेजको पहिलो दिन सोमबारदेखि तिहार बिदा एकसातासम्म छ । कमाइको पक्षमा यो सुखद आयाम हो ।
दयाहाङ राई र बिपिन कार्कीको मुख्य भूमिका रहेको यो फिल्मले काठमाडौंमा घर बनाउन सपना देख्ने मध्यमवर्गीय परिवारको कथा भन्छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले फिल्म निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4