+
+
Shares

जिउँदो कुखुरा बोक्ने गाडीमा तयारी मासुको ढुवानी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते १९:१६

५ कात्तिक, काठमाडौं । जिउँदो कुखुरा बोक्ने गाडीमा कुखुराको तयारी मासु खुला रुपमा ढुवानी हुने गरेको पाइएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा खुला रुपमा कुखुराको तयारी मासु ढुवानी गरिरहेको अवस्थामा गाडी भेटेको हो ।

प्र. ३ — ०१, ०२३ च २३८७ नम्बरको दोलखाली कोल्ड स्टोरको गाडीमा भुत्ला फालिएका २०० वटा कुखुरा राखिएको थियो । चालक भुवन गुरुङका अनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा थिए ।

टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो । पक्राउ परेपछि गुरुङले, गाडी मालिक कुवीर सुनारलाई बोलाएका थिए ।

अनुगमन टोलीले अस्वस्थकर ढुवानीका विषयमा सोधेको प्रश्नको उत्तरमा सुनारले, आफूसँग कोल्डचेन मेन्टेन भएको गाडी भएको, हिजोसम्म त्यही गाडीमा ढुवानी गर्ने गरिएको, हिजो नै गाडी दुर्घटनामा परेकोले आज यसरी ढुवानी गर्नुपरेको जिकिर गरेका थिए ।

सुनारकाअनुसार कपनको दोलखाली फ्रेस हाउसबाट लगिएको यो मासु होटल, रेष्टुरेन्ट, मासु पसल र केही रेष्टुरेन्टमा वितरण गर्ने तयारी थियो । अनुगमन टोलीका संयोजक डा. अवधेश झाकाअनुसार यसरी भेटिएको मासु बिक्रीमा रोक लगाइएको छ । महानगरले पशु सेवा विभागलाई पत्राचार गरेर परीक्षण गराउँछ ।

यसबाट मासुको स्वच्छता देखिएको अवस्थाका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइनेछ ।

शनिबार नै चावहिल क्षेत्रका मिठाइ पसलहरुको पनि अनुगमन गरिएको छ । अन्य ठाउँमा जस्तै यी ठाउँका पसलमा पनि भान्छा फोहोर हुने, म्याद सकिएका रङ्गको प्रयोग गर्ने, फ्रिज सफा नगर्ने, व्यक्तिगत सफाइमा ध्यान नदिने जस्ता समस्या देखिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?