+
+

गोरखा अस्पतालका चिकित्सकमाथि कार्यकक्षमै कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १९:४३

६ कात्तिक, गोरखा । गोरखा अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तले आइतबार अस्पतालका मेडिकल अधिकृत अविनाश पराजुलीलाई कुटपिट गरेका हुन् ।

‘एक जना महिला थाइराइड जाँच गर्न आउनुभएको रहेछ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठले भने, ‘रिपोर्ट चित्त बुझेन भनेर उहाँका ३ जना आफन्तले ओपीडी कक्षभित्रै ढोका थुनेर चिकित्सकलाई हातपात गर्नुभएछ ।’

घटनाबारे छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा लिखित उजुरी समेत दिइसकिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए ।

घटना लगतै समितिले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै घटनामा संलग्नलाई खोजी गरी कानुनी कारबाही गर्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?