+
+

टी-२० विश्वकप : इंग्ल्याण्डमाथि आयरल्याण्डको जित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ९ गते २०:०४

९ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी२० विश्वकपको सुपर १२ अन्तर्गत समूह ए को खेलमा आयरल्याण्डले इंग्ल्याण्डलाई पराजित गरेको छ ।

मेलवर्न क्रिकेट ग्राउण्डमा भएको खेलको दोस्रो इनिङ्समा पानी पर्न थालेपछि आयरल्याण्डले डिएल मेथडको आधारमा इंग्ल्याण्डलाई ५ रनले पराजित गरेको हो ।

सुपर १२ को पहिलो खेलमा श्रीलंकासँग पराजित भएको आयरल्याण्डले जितपछि २ खेलबाट २ अंक जोडेको छ । उता पहिलो हार बेहोरेको इंग्ल्याण्डको पनि २ खेलबाट २ अंक नै छ । इंग्ल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

आयरल्याण्डले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले १४.३ ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाउँदा पानी पर्न थालेको थियो । त्यसपछि खेल फेरि सुरु हुन नसक्दा आयरल्याण्डले बाजी मार्‍यो ।

इंग्लयाण्डका लागि डेविड मालालने ३५ रन बनाए । मोइन अलीले १२ बलमा अविजित २४ रन बनाएर खेलिरहेका थिए ।

आयरल्याण्डका जोस लिटलले २ तथा बेरी म्याककार्थी, फिओन हान्ड र जर्ज डकरेलले १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो ।

आयरल्याण्डका लागि कप्तान एन्डी बेलब्रिनीले कप्तानी पारी खेल्दै ४७ बलमा सर्वाधिक ६२ रन बनाएका थिए । विकेटकिपर लोर्कान टकरले २७ बलमा ३४ रन जोडे ।

इंग्ल्याण्डका लागि मार्क उड र लियन लिभिङस्टोनले ३-३ तथा साम करनले २ विकेट लिए । बेन स्टोकले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?