 
																						कार्तिक आर्यन								
											काठमाडौं । बलिउडका चकलेटी हिरो कार्तिक आर्यनले लभर ब्वाइ, न्युज एंकर, घोस्ट राइटर लगायत विभिन्न भूमिकामा आफूलाई खरो सावित गरिसकेका छन् । केही महिनाअघि रिलिज भएको हरर–कमेडी फिल्म ‘भूलभुलैया २’ उनको पछिल्लो हिट फिल्म हो ।
दक्षिण भारतीय फिल्मको दबदबा रहेको वर्तमान भारतीय फिल्म उद्योगमा उनी अभिनित यो फिल्मले बलिउडलाई लयमा फर्काउने कोसिस गर्यो ।
कार्तिक अब चाँडै नै एक्सन थ्रिलर फिल्म ‘फ्रेडी’मार्फत दर्शकमाझ आउँदैछन् । फिल्ममा उनको अपोजिट भूमिकामा अलाया एफ हुनेछिन् । शशांक घोष निर्देशित तथा बालाजी टेलिफिल्म्स र नर्दन लाइट्स फिल्म्सद्वारा निर्मित फिल्म भने सिनेमा हलमा रिलिज हुनेछैन, सिधै ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा स्ट्रिमिङ हुनेछ ।
फिल्मको रिलिज मिति भने तोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4