+
+

प्रधानमन्त्री कप क्रिकेटका लागि देव खनालको कप्तानीमा लुम्बिनीको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १४:४७
देव खनाल ब्याटिङ् गर्दै । फाइल तस्वीर

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा भएको छ ।

राष्ट्रिय टिमका सदस्य तथा यू-१९ राष्ट्रिय टोलीका कप्तान समेत रहेका देव खनाललाई कप्तान बनाउँदै लुम्बिनीले युवा खेलाडी समेटेर टिम बनाएको छ ।

देव खनालको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा अधिकांश युवा खेलाडी समेटिँदा पूर्व कप्तान कृष्ण कार्की सिनियर खेलाडीको रुपमा छन् । देवको कप्तानीमा नेपालले गत वर्ष यू-१९ एसिया कप खेलेको थियो ।

देवकै कप्तानीमा लुम्बिनीले यू-१९ राष्ट्रिय प्रतियोगिता जितेको थियो । त्यतिबेलामा टिममा रहेका देव सहित अधिकांश खेलाडी अहिले सिनियर टिममा छन् । वसिर अहमद उपकप्तानको भूमिका छन् ।

समूह बी मा रहेको लुम्बिनी प्रदेशले बागमती प्रदेशसँग कात्तिक १६ गते मुलपानी मैदानमा पहिलो खेल खेल्नेछ । समूह बी मा नेपाल पुलिस क्लब, मधेश प्रदेश र प्रदेश १ पनि छन् ।

लुम्बिनीको टोली : देव खनाल (कप्तान), बसिर अहमद (उप–कप्तान), प्रज्ज्वल थापा, आकाश त्रिपाठी, मोहम्मद हुसेन, सन्दीप रजाली, विशाल विक्रम केसी, तुलबहादुर थापा, कृष्ण कार्की, दुर्गेश गुप्ता, सुनिल भण्डारी, अनिल खरेल, नरेश नेपाली, अभिषेक गौतम

वैकल्पिक खेलाडी : विराट भण्डारी, रोहन केसी, सुमित नेवार, निर्मल गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?