+
+

आफ्नै गल्तीले मालामाल, चिठ्ठामा हात पर्‍यो २ करोड रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १४:०३

भाग्य बलियो भयो भने मानिसको जीवनमा कुनै पनि बेला पासा पल्टिन सक्छ भनेर भनिन्छ । एक जना व्यक्तिको जीवनमा यस्तै भएको छ । ती व्यक्तिले भाग्यचिठ्ठा (लट्री)का पहिले नै दुईवटा टिकट खरिद गरेका थिए, तर पछि बिर्सिए ।

त्यसैले उनी पसलमा गएर तेस्रो पटक चिट्ठा टिकट खरिद गरे । उनले खरिद गरेका ती सबै चिठ्ठा टिकटले उनको भाग्य चम्काइदियो । जसकारण उनले एक झट्कामै झण्डै दुई करोड रुपैयाँ हात पारे ।

यो घटना अमेरिकाको मेरिल्याण्डमा भएको हो । त्यहाँका ६७ वर्षीय टाउसन नामक व्यक्तिले पत्नीलाई पनि थाहा नदिइकन तीनवटा लट्री टिकट खरिद गरेका थिए । अक्टोबर १३ मा उनले करिब १३० रुपैयाँ पर्ने लट्री टिकट खरिद गरे । उनकी २८ वर्षकी छोरी र ३१ वर्षका छोराले पनि त्यसैगरी टिकट खरिद गरेका थिए ।

तीनवटै टिकटका लागि उनले ५-३-८-३-४ नम्बरको प्रयोग गरे । तिनै संख्याले उनीहरुको भाग्य बदलिदियो र उनीहरु सबैले जनही करिब ६६ लाख रुपैयाँको चिट्ठा जिते ।

टाउसन वास्तवमा निकै भाग्यमानी व्यक्ति हुन् । उनले यसअघि पनि यस्तै भाग्यचिठ्ठा जितिसकेका छन् । यसअघि उनले छोरीको जन्मदिनमा १९७९ नम्बरको लट्री खरिद गरेका थिए । तर टिकट बेच्नेले भुलबस उनलाई १९९७ नम्बर दियो ।

भाग्यबस गल्तीले दिएको सोही नम्बरबाट उनले चिठ्ठा जिते । सो रकम उनले छोरीलाई आधा दिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?