+
+

उपत्यकाको १ प्रतिनिधि सभा र ४ प्रदेशसभा क्षेत्रमा सत्ता गठबन्धनभित्रै प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १८:३९

११ कात्तिक, हेटौंडा ।  काठमाडौं उपत्यकामा प्रदेशको एक प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका दलहरुबीच प्रतिस्पर्धा हुनेभएको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि शुक्रबार सत्तारुढ गठबन्धनले आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ । जसमध्ये काठमाडौं–१० र प्रदेशसभातर्फ काठमाडौं३ (ख), ५(ख), ६(ख) र १०(क)मा गठबन्धन दलभित्रकै दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरसहित जारी भएको संयुक्त विज्ञप्तिमा यी क्षेत्रहरुमा ‘मित्रवत’ प्रतिस्पर्धा हुने उल्लेख गरिएको छ ।

काठमाडौं–१० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी र नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेबीच प्रतिस्पर्धा हुनेछ ।

प्रदेशसभातर्फ काठमाडौं–३(ख) मा नेपाली कांग्रेसका बिमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुयाँल, काठमाडौं-५(ख) मा नेपाली कांग्रेसका श्यामबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ, काठमाडौं–६(ख) मा नेपाली कांग्रेसका विष्णुभक्त तिमल्सिना र माओवादी केन्द्रका प्रकाश फुयाँल र काठमाडौं–१०(क) मा नेपाली कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जन उम्मेदवार बनेका छन् ।

बागमती प्रदेशमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका १७, माओवादी केन्द्रका ११ र नेकपा एकीकृत समाजवादीका ४ उम्मेदवार गठबन्धन दलहरुको आधिकारिक उम्मेदवारको रुपमा प्रतिस्पर्धामा छन् । यसैगरी प्रदेशसभातर्फ नेपाली कांग्रेसका ३७, माओवादी केन्द्रका १८ र नेकपा एकीकृत समाजवादीका ७ उम्मेदवारलाई गठबन्धन दलहरुले चुनावी प्रतिस्पर्धामा अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?