१२ कात्तिक, काठमाडौं । प्रिमियर लिग फुटबलमा शनिवार भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० ले पराजित गरेको छ ।
केभिन डे ब्रुएनाले गरेको एक मात्र गोल निर्णायक बन्दा सिटीले लेस्टरको मैदानमा जित निकालेको हो ।
डे ब्रुएनाले खेलको ४९औ मिनेटमा गोल गरेका थिए ।
जितपछि १२ खेलबाट २९ अंक जोडेको सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको आर्सनल २८ अंकसहित दोस्रो स्थानमा छ ।
आर्सनलले आइतबार नटिङहम फरेस्टसँग खेल्दैछ र शीर्ष स्थानमा फर्कने अवसर छ ।
प्रतिक्रिया 4