+
+

खगेन्द्र संग्रौलाले प्रश्न गर्न सिकाउनुभयो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १७:५८

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साहित्यकार खगेन्द्र संग्रौलाले नेपाली समाजमा प्रश्न गर्न सिकाएको बताएका छन् ।

संग्रौलाको जीवनी पुस्तक ‘एक बागी’ लोकपर्णमा थापाले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्नेकुरा सिकाएको बताए ।

उनले साहित्यकार संग्रौलाको नयाँ पुस्तक ‘एक बागी’ कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने कुराहरु समेटिएको बताए ।

उनले भने, ‘खगेन्द्र संग्रौला काँग्रेस त हुँदै होइन, त्यसमाथि कालो काँग्रेस हुने कुरै भएन । तर मेरो उमेरसमूहका थुप्रै कालो काँग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन् । प्रश्न गर्न र बागी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनुभयो । उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ । व्यक्तिको सोचमा समय र समाजको प्रभाव त हुन्छ तर संगतको प्रभाव पनि हुन्छ ।’

महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरुले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?