+
+

गुह्येश्वरी पुगेर राष्ट्रपति भण्डारीले गरिन् छठपूजा

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ कात्तिक १३ गते १८:१८

१३ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुह्येश्वरी पुगेर छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छन् ।

आइतबार राष्ट्रपति भण्डारीले कमलपोखरी र गुह्येश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका हुन् ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रुपमा मनाउने गरिन्छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रुपमा सजाइएको थियो ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?