+
+

लैंगिक अल्पसंख्यकको कथा समेटिएको पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १२:३८

काठमाडौं । चिकित्सकद्वय परिधि शर्मा र अर्पणा पाठकले लेखेको लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको कथा समेटिएको कलरिङ बुक   ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका कला, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल लगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा पुस्तककी लेखिका एवं दन्त चिकित्सक डा. परिधि शर्माले आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा चित्रकलासँग साथ छुटेको बताइन् । कोरोना महामारीका बेला भएको लकडाउनमा घर बस्दा आफूभित्र चित्रकार फेरि प्रष्फुटित भएको उनले सुनाइन् ।

अर्की लेखिका डा. शर्माले चित्रका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका पात्र भेट्दा र उनीहरूको कथा सुन्दै जाँदा आफूले देखेको र सुनेको भन्दा बेग्लै पाएको बताइन् । उनीहरुकै मनोदशालाई चित्रमा उतारेको उनले बताइन् । आफ्नो लैंगिक पहिचानकै कारण कति जना अवसरबाट बञ्चित भइरहेको भन्दै उनले सबैले समान अवसर पाउनुपर्छ भन्ने सन्देश पुस्तकमार्फत दिन खोजिएको उल्लेख गरिन् ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता सिंहले पुरातन समाजलाई नै परिवर्तन गर्ने पुस्तक लोकार्पण समारोहमा सहभागी हुन पाउँदा आनन्दित भएको बताए । उनले यस सिर्जनालाई ‘एलजिबिटिआईक्यू’ समुदायले भोगेको कठिनाइको प्रस्तुतिको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?