+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares
क्रिकेटर देव खनालको बयान :

त्यसदिन उनले सन्दीपको गाडीको पछाडिको फोटो पठाएकी थिइन्

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १९:००
क्रिकेटर देव खनाल

१४ कात्तिक, काठमाडौं । बलात्कार भएको भनिएको दिन किटानी जाहेरी दिने नाबालिगले सन्दीप लामिछानेको गाडीको पछाडिको भागको फोटो पठाएको बयान क्रिकेटर देव खनालले दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेखित खनालको बयानमा ‘त्यसदिन पीडितले स्न्यापच्याटमा लामिछानेको सेता रंगको गाडीको पछाडिको भागको फोटो पठाएको’ भनिएको छ ।

पीडित नाबालिकाको बयान अनुसार खनालले पठाएको स्न्यापमा लामिछानेलाई मेन्सन भएको देखेपछि उनले फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन् । लामिछानेले आधा घन्टाभित्रै एसेप्ट गरेर कुराकानी थालेका थिए ।

‘एक दिन लामिछानेले गितार बजाउँदै गीत गाएको भिडियो मैले स्न्यापच्याटमार्फत २०÷२५ जनालाई पठाएको थिएँ, त्यसक्रममा भिडियो पीडित भनिएकी नाबालिगलाई पनि गएको थियो’, उनले भनेका छन्, ‘त्यसको करिब चार पाँच दिनपछि ६ भदौमा लामिछाने लगायत हामी खेलाडीहरु अन्तर्राष्ट्रिय स्तरको खेल खेल्नका लागि केन्या गएका थियौं ।’

घटना हुनुभन्दा तीन चार महिनाअघि मात्रै स्न्यापच्याटमार्फत पीडित भनिएकी नाबालिगसँग आफ्नो चिनजान भएको उनले भनेका छन् ।

‘कुराकानीका क्रममा उनले तपाईं राम्रो खेल खेल्नु हुने रहेछ, म तपाईंको फ्यान हुँ । तपाईंको खेल मलाई साह्रै मन पर्छ भन्ने जस्ता म्यासेज स्न्यापच्याटमा पठाइरहेकी थिइन्’, उनले भनेका छन्, ‘निजसँग खेलसम्बन्धी कुराकानी भइरहेकले भएकाले मैले सोसियल मिडियामार्फत चिनेको थिएँ, तर हालसम्म प्रत्यक्ष देखेको छैन, फोटोमा मात्रै देखेको छु ।’

पछि केन्या गएपछि आफू व्यस्त हुँदा उनीसँग कुराकानी हुन नपाएको उनले भनेका छन् । र, विदेशमै हुँदा सञ्चारमाध्यममार्फत लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा जाहेरी परेको थाहा पाएको खनालले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?