+
+
मैत्रीपूर्ण फुटबल :

पाकिस्तानको दुई खेल प्रस्ताव, एन्फाले पठायो एउटा मात्र खेल्ने जवाफ

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक १५ गते १२:३३

१५ कात्तिक, काठमाडौं । पछिल्लो समय नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुने विषय चर्चामा छ । झण्डै तीन साताअघि पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)समक्ष प्रस्ताव पठाएको थियो । त्यतिबेला नै पाकिस्तानले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने भनेर त्यहाँको फुटबल संघले नै सार्वजनिक गरेको थियो ।

तर, एन्फाले भने त्यसबेला पाकिस्तानबाट प्रस्ताव मात्र आएको र आफूले निर्णय गर्न बाँकी रहेको जनाएको थियो । यो दुई साताको बीचमा नेपालको ठूला चाडमध्ये एक तिहार थियो । एन्फाले पनि मैत्रीपूर्ण खेलको विषयमा कुनै निर्णय गर्न सकेन ।

सोमबार एन्फाका उपत्यकामा रहेका पदाधिकारीहरुसहितको अनौपचारिक बैठकले भने पाकिस्तानसँग दुई खेलको सट्टा एक खेल मात्र खेल्न सकिने भनेर जवाफ पठाउने निर्णय भएको छ ।

‘हिजोको छलफलबाट दुई खेलको सट्टा कात्तिक ३० गते एक खेल मात्र खेल्नका लागि प्रस्ताव पठाएका छौं । पाकिस्तानले कात्तिक २८ गते र मंसिर ६ गते गरी दुई खेल खेल्न प्रस्ताव पठाएको थियो,’ एन्फा प्रवक्ता सुरेश शाहले भने, ‘तर नेपालमा निर्वाचन नजिक आएकोले दुई खेल सम्भव नहुने र कात्तिक ३० गते एक खेल मात्र गर्न सकिने भनेर पठाएका छौं ।’

प्रवक्ता शाहले अब पाकिस्तानको जवाफ एक दुई दिनमा आउने र त्यसपछि खेलबारे टुंगो लाग्ने बताए ।

अहिले नेपाली फुटबल टिम प्रशिक्षकविहीन छ र पाकिस्तानविरुद्ध फुटबल खेल हुने भएमा नयाँ प्रशिक्षक नियुक्त गर्नुपर्नेछ ।

प्रशिक्षक नियुक्तिको विषयमा पनि छलफल भएको र पाकिस्तानसँगको खेलका लागि नेपाली प्रशिक्षक नै नियुक्त गर्ने शाहले बताए । ‘पाकिस्तानसँग खेलका लागि विदेशी प्रशिक्षक नियुक्त गर्न भ्याइँदैन । प्रक्रिया पूरा गर्न समय लाग्छ । त्यसैले नेपाली प्रशिक्षक नै चयन हुन्छ र भोलिरपर्सीसम्म यो बारेमा निर्णय हुन्छ,’ प्रवक्ता शाहले भने ।

पाकिस्तानबाट खेल खेल्ने जवाफ आएपछि प्रशिक्षक नियुक्ति गर्ने र खेलाडीको प्रशिक्षण सुरु गर्ने समेत शाहले बताए ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ फिफा यू-१७ महिला विश्वकप फाइनल हेर्न भारत गएकोमा सोमबार मात्र नेपाल आइपुगेका छन् । अध्यक्ष नेम्वाङसहितको वंठकले प्रशिक्षकको विषयमा टुङ्गो लाग्ने शाहले बताए ।

एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले भने प्रशिक्षक नियुक्तको अधिकार अध्यक्षलाई दिएको बताए । सोमबारको छलफलमा मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल, त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्यौपाने, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा र अब्दुल्लाह अल्मुताइरीको सहायक प्रशिक्षक रहेका किरण श्रेष्ठको विषयमा छलफल भएको थियो ।

यी मध्येबाट अध्यक्षले एक जना प्रशिक्षक मंगलबार छान्नेछन् । चार मध्ये प्रवेश कटुवालको सम्भावना बढी रहेको स्रोतले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?