+
+

प्रधानमन्त्री कपमा एपीएफको लगातार दोस्रो जित, सुदूरपश्चिम १० विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १४:५२

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा विभागीय टोली एपीएफले लगातार दोस्रो जित निकाल्ने क्रममा मंगलबार सुदूरपश्चिमलाई १० विकेटले पराजित गरेको छ ।

मूलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य एपीएफले ११.२ ओभरमा विना क्षति पूरा गरेको हो । एपीएफका ओपनरद्वय आसिफ शेखले ३२ बलमा ४२ र प्रदीप ऐरीले ३६ बलमा २५ रनको अविजित पारी खेले ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ४३ ओभरमा ६७ रनमै अलआउट भएको थियो । उसका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि बाँया हाते अनुभवी स्पिनर भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै २२ रन खर्चिए । कमल ऐरी र मौसम ढकालले समान २ विकेट लिए ।

प्रधानमन्त्री कपको समूह ए मा रहेको एपीएफको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा उसले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ५६ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?