+
+

टी-२० विश्वकप : इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएपछि सेमिफाइनल समीकरण रोमाञ्चक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १७:२८

१५ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा मंगलबार इंग्ल्याण्डले न्युजिल्याण्डलाई २० रनले पराजित गरेको छ ।

सुपर १२ को समूह बी मा न्यजिल्याण्डको यो पहिलो हार हो भने इंग्ल्याण्डको दोस्रो जित हो । इंग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गरेपछि समूह ए बाट सेमिफाइनल होड रोमाञ्चक बनेको छ ।

चार खेल खेल्दा न्युजिल्याण्डसहित इंग्ल्याण्ड र अष्ट्रेलियाको समान ७ अंक छ । पहिलो हारपछि पनि राम्रो रनरेटका कारण न्युजिल्याण्ड शीर्ष स्थानमै छ भने इंग्लयाण्ड दोस्रो स्थानमा उक्लेको छ । अष्ट्रेलिया तेस्रो स्थानमा झरेको छ । श्रीलंकाको ४ अंक छ ।

न्युजिल्याण्ड पराजित भएपछि अब टी-२० विश्वकपको जारी संस्करणमा दक्षिण अफ्रिका मात्र एक्लो अपराजित टिमको रुपमा छ ।

अब अन्तिम खेलमा न्युजिल्याण्डले आयरल्याण्डसँग, अष्ट्रेलियाले अफगानिस्तानसँग र इंग्ल्याण्डले श्रीलंकासँग खेल्न बाँकी छ । त्यसपछि मात्रै सेमिफाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ ।

ब्रिसबेनमा भएको खेलमा इंग्ल्याण्डले दिएको १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ६ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले ३६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६२ रन बनाए । कप्तान केन विलियम्सनले ४० बलमा ४० रन बनाए । मिचेल सान्टनर १६ रनमा अविजित रहे ।

बलिङमा इंग्ल्याण्डका लागि क्रिस वोक्स र साम करनले २-२ तथा मार्क उड र बेन स्टोक्सले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ विकेट गुमाएर १७९ रन बनाएको थियो । इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले ४७ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७२ रन बनाए । एलेक्स हेल्सले ४० बलमा ५२ रन जोडे क्रममा ७ चौका र १ छक्का प्रहार गरे । लियम लिभिङस्टोनले २० रन जोडे ।

बलिङमा न्युजिल्याण्डका लकी फर्गुसनले २ तथा टिम साउदी, मिचेल सान्टनर र इश सोधीले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?