+
+

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १७:११
फाइल तस्वीर

१६ कात्तिक, काठमाडौं । सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।

उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन् । शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन् ।

१६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे कार्यालय खुलेर अपराह्न ५ बजेपछि बन्द हुँदै आएको थियो ।

१४ चैत २०७४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यस्तो नियम बनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?