+
+

‘कर्पोरेट-पे’को मासिक औसत कारोबार ३५ अर्ब नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १८:४१

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा नेपाल क्लियरिङ हाउसको ‘कर्पोरेट–पे’ को मासिक औसत कारोबार ३५ अर्ब रुपैयाँ नजिक पुगेको छ । यस्तै मासिक कारोबार संख्या पनि १ लाख नाघेको छ । जुन गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा कारोबार संख्याको आधारमा ५ गुणा र कारोबार रकम आधारमा १० गुणा बढी रहेको जनाएको छ ।

चालु आर्थिक वर्षको साउनमा १ लाख ४ हजार २८६ वटा कारोबार मार्फत ३२ अर्बको कारोबार हुँदा भदौमा केही घटेर ९६ हजार ४१५ वटा कारोबार मार्फत ३१ अर्ब ५८ करोड ७० लाख र असोजमा १ लाख ६ हजार ४४८ वटा कारोबार हुँदा ३४ खर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत आर्थिक वर्षको साउन, भदौ र असोजमा क्रमशः १७ हजार १८५, २० हजार ७२४ र २९ हजार ४०८ वटा कारोबार हुँदा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ, ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ र ६ अर्ब ८४ करोड १० लाखको कारोबार भएको थियो

गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी सुरुवात गरिएको कर्पाेरेट-पे प्राणालीको प्रयोग उत्साहजनक रुपमा बढ्दै गएको देखिएको छ ।

यस प्रणालीमा बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ५ हजार ४०० भन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?