+
+

फेक वेबसाइट कसरी चिन्ने ? यी हुन् ५ तरिका

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १८:३२

काठमाडौं । इन्टरनेटसँगै दुनियाँमा निकै तिव्र रुपमा परिवर्तन आइरहेको छ । इन्टरनेटले हामीलाई एक भर्चुअल संसार दिएको छ जसले हाम्रा सबैखाले कामहरु सहज भैरहेका छन् ।

इन्टरनेटबाट एकातर्फ बैंकिङ लगायतका कार्य सहज भएका छन् भने अर्कोतर्फ साइबर ठगी तथा साइबर अपराधका घटनामा वृद्धि भैरहेको छ । खासगरी कोरोना महामारी पश्चात् साइबर अपराधका घटनाहरुमा विश्वव्यापी रुपमा अधिक वृद्धि भएको छ ।

इन्टरनेट प्रयोग गर्ने समयमा साइबर ठगीबाट बँच्नका लागि हामीहरु निकै सचेत बन्नु आवश्यक रहन्छ किनकी साइबर आक्रमणकारीहरु इन्टरनेट प्रयोगकर्तालाई जालमा फँसाउन र उनीहरुका डाटा चोरी गर्ने वा बैंक अकाउन्टहरुबाट पैसा निकाल्नका लागि विभिन्न सरल तथा रचनात्मक उपायहरुको प्रयोग गरिरहेका हुन्छन् । ह्याकरहरुले यसका लागि विभिन्न फेक वेबसाइटहरुको पनि प्रयोग गर्ने गर्दछन् ।

झ्वाट्ट हेर्दा सक्कली अर्थात् वास्तविक वेबसाइट जस्तै देखिने त्यस्ता फेक वेबसाइटहरुबाट प्रयोगकर्ताहर झुक्किन्छन् । यद्यपि केही कुरामा ध्यान दिनेहो भने साइबर ठगीबाट बँच्न सकिन्छ । फेक वेबसाइट पहिचान गर्ने ५ वटा सहज तरिका यी हुन्ः

  • सर्च इन्जिनमा वेबसाइटको एड्रेस टाइप गर्नुहोस् र रिजल्टको रिभ्यू गर्नुहोस् । वेबसाइटको एड्रेसमा पनि विभिन्न प्रकारका महत्वपूर्ण जानकारी हुन्छन् । त्यसैले ब्राउन गर्दा, खरीद गर्दा वा रजिस्ट्रेसन गर्नुभन्दा अगाडि अनिवार्य रुपमा वेबसाइटको युआरएलको जाँच गर्नुहोस् ।
  • वेबसाइटको अयललभअतष्यल तथउभ हेर्नुहोस् र त्यसमा वेबसाइटको ज्त्त्एक् लेखेको छ कि छैन सुनिश्चित गर्नुहोस् । किनकी ज्त्त्एक् मा वेबसाइटहरु सुरक्षित रुपले कनेक्ट हुन्छन् र यदि ज्त्त्ए मात्र छ भने त्यो असुरक्षित हुन्छ ।
  • वेबसाइट सर्टिफिकेसन तथा ट्रस्ट सील भेरिफाइ गर्नुहोस् । यसको वैधता पुष्टि गर्नका लागि क्क्ी सर्टिफिकेसन जाँच गर्नुहोस् । ट्रस्ट सील आम रुपमा होमपेज, लगइन पेज र चेकआउट पेजमा राखिएको हुन्छ ।
  • यदि तपाइँले वेबसाइटमा खराब अंग्रेजीसँगै गलत हिज्जे देख्नुभयो भने त्यो फेक वेबसाइट हुनसक्दछ । आमरुपमा खराब व्याकरण वा अनौठो वाक्यांश भएमा वेबसाइट फेक हुन सक्दछ ।
  • यदि तपाइँले वेबसाइटमा आक्रामक विज्ञापन देख्नुभयो भने पनि सावधान हुनुपर्दछ । तपाइँले जुन साइट खोल्नुभएको छ त्यसमा यदि आश्चर्यजनक रुपमा ठूलो संख्यामा विज्ञापनहरु देखिन थालेभने त्यस्तो वेबसाइट तुरुन्तै बन्द गर्नुहोस् ।

त्यस्तो प्रकारको वेबसाइटमा देखिने कुनै विज्ञापनमा तपाइँले गल्तीले क्लिक गर्नुभयो भनेपनि तपाइँ अन्य फेक साइटमा पुग्नुहुनेछ । त्यस्ता फेक साइटहरु भाइरसले भरिएका हुनसक्दछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?