+
+

दार्चुलामा २ किलो चरेशसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १८:५१

१७ कात्तिक, धनगढी। दार्चुलामा दुई किलो चरेशसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथबाट दुई किलो चरेशसहित अपिहिमाल गाउँपालिका-५ लुम्थिका ४४ वर्षीय दानसिंह धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले मार्मा-गोकुलेश्वर भित्र सडकखण्डमा चल्ने से १ ज ६१८ नम्बरको बोलेरो जिपबाट लागुऔषध चरेशसहित धामीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?