+
+
टी-२० विश्वकप :

न्युजिल्याण्डविरुद्ध आयरल्याण्डका जोश लिटलले लिए ह्याट्रिक विकेट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते ११:३५

१८ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भईरहेको आईसीसी टी२० विश्वकपमा क्रिकेटमा आयरल्याण्डका जोश लिटलले न्युजिल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिएका छन् ।

एडेलेडमा भइरहेको सुपर १२ अन्तर्गत समूह एकको खेलमा लिटलले पहिलो ईनिङ्सको १९ औं ओभरमा न्युजिल्याण्डका कप्तान केन विलियम्सन, जिम्मी निसम र मिचेल सान्टनरलाई लगातार बलमा आउट गरे ।

ओभरको दोस्रो बलमा विलियम्सलाई डिलेनीबाट क्याचआउट गराएका लिटलले निसम र सान्टरलाई एलबीडब्लू धरापमा पारे ।

जारी विश्वकपमा ह्याट्रिक विकेट लिने लिटल दोस्रो खेलाडी बने ।

यसअघि पहिलो चरणमा युएईका कार्तिक मेईयाप्पनले श्रीलंकाविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

यस्तै आयरल्यान्डका लागि पनि ह्याट्रिक विकेट लिने लिटल दोस्रो खेलाडी हुन् । यसअघि कर्टिस कम्पारले नेदरल्याण्ड्सविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

विश्वकपमा अशिलेसम्म ६ पटक ह्याट्रिक भएको छ । सन् २००७ को पहिलो टी२० विश्वकपमा अष्ट्रेलियाका ब्रेट लीले बंगलादेशविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

न्युजिल्याण्डले कप्तान विलियम्सको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८५ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?