+
+

बलिउड स्टारमाथि भारी पर्‍यो ‘कान्तरा’, २२ औं दिनमा पनि उच्च कमाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते ८:५६

काठमाडौं । शुक्रबार भारतमा तीन फिल्म रिलिज भए । जान्ह्वी कपुरको फिल्म ‘मिली’, सोनाक्षी र हुमा स्टारर ‘डबल एक्सएल’ र कट्रिना कैफ स्टारर ‘फोन भूत’ एकसाथ प्रदर्शनमा आए ।

बक्स अफिसमा यी तीनै फिल्म एकापसमा भिडिरहेका छन् । कट्रिनाको फिल्म ‘फोन भूत’ले २ करोड भारुको ओपनिङ गरेको छ । ‘मिली’ले ६५ लाख र ‘डबल एक्सएल’ले २५ लाख रुपैयाँको ओपनिङ गरेको छ ।

एकातिर यी तीनै फिल्म बक्स अफिसमा प्रतिस्पर्धा गरिरहँदा अर्कोतिर दक्षिण भारतीय फिल्म ‘कान्तरा’ २२ औं दिनसम्म पनि दर्शकलाई मन परिरहेको छ । दर्शक अहिले पनि अन्य तीन फिल्मलाई छाडेर ‘कान्तरा’लाई रुचाइरहेका छन् ।

‘कान्तरा’ले बलिउडमा २२ दिनमा पनि २.१० करोड भारु कमायो । बलिउड व्यापार विश्लेषकहरु अन्य फिल्मभन्दा दर्शकले अहिले पनि ‘कान्तरा’ हेर्न रुचाइरहेको बताएका छन् । साथै, ‘कान्तरा’ आईएमडीबीमा धेरै रेटिङ पाउने फिल्म समेत बनेको छ ।

नेपालमा पनि ‘कान्तरा’ले अहिले पनि सुखद् कमाइ गरिरहेको छ । तेस्रो सप्ताहन्तमा पनि कान्तराको अकुपेन्सी नेपालमा उत्कृष्ट थियो । नेपाली वितरकले फिल्मको औपचारिक कमाइ सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?