+
+

सलाहको २ गोलमा लिभरपुलले टोटनहमलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ७:५२

२१ कात्तिक, काठमाडौं । मोमद सलाहले दुई गोल गरेपछि प्रिमियर लिग फुटबलमा लिभरपुलले आइतबार राति टोटनहमलाई २-१ ले पराजित गरेको छ ।

टोटनहमको मैदानमा भएको खेलमा सलाहले पहिलो हाफमै दुई गोल गरेका थिए । सलाहले खेलको ११औं मिनेटमा डार्विन नुनेजको पासमा पहिलो गोल गरेका थिए । यस्तै ४०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

टोटनहमका लागि ७० औं मिनेटमा ह्यारी केनले एक गोल फर्काए ।

जितपछि १३ खेलमा १९ अंक जोडेको लिभरपुल आठौं स्थानमा उक्लेको छ । टोटेनहम १४ खेलबाट २६ अंकसहित चौथो स्थानमा छ ।

लिगकै अर्को खेलमा न्युकासलले साउथह्याम्पटनलाई ४-१ ले पराजित गरेको छ । यस जितले १४ खेलबाट २७ अंक जोडेर न्युकनसल तेस्रो स्थानमा उक्लेको छ ।

न्युकासललाई जिताउन मिगुएल अल्मिरोन, क्रिस उड, जोए विल्लोक र ब्रुनो गुइमारेसले एक गोल गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?