+
+

रुपन्देहीको देवदहमा दम्पती मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ९:५८

२१ कात्तिक, बुटवल । रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् ।

देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् ।

घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए ।

श्रीमान् वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?