+

विश्वकपका लागि डेनमार्कको प्रारम्भिक टिम घोषणा, एरिक्सन पनि परे

२०७९ कात्तिक  २२ गते ९:२३ २०७९ कात्तिक २२ गते ९:२३
विश्वकपका लागि डेनमार्कको प्रारम्भिक टिम घोषणा, एरिक्सन पनि परे

२२ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलको लागि डेनमार्कले प्रारम्भिक टोली घोषणा गरेको छ ।

डेनमार्कले सोमबार घोषणा गरेको प्रारम्भिक टोलीमा २१ खेलाडी छन् ।

विश्वकप खेल्ने टिमले नोभेम्बर १३ सम्म २६ सदस्यीय अन्तिम टोलको नाम बुझाउनुपर्नेछ ।

डेनमार्कका प्रशिक्षक क्यास्पर हलमन्डले केही खेलाडीका लागि लिगका २ खेल बाँकी रहेको भन्दै विश्वकपको बाँकी ५ स्थानका लागि १०-११ खेलाडी दाबेदार रहेको बताएका छन् ।

युरोकपमा हृदयघात भएर मैदानमै ढलेका क्रिस्टियन एरिक्सन पनि विश्वकपका लागि टिममा समावेश छन् ।

डेनमार्कको २१ जनाको टिम

गोलकिपर : क्यास्पर सेमिकल, ओलिभर क्रिस्टेनसन

डिफेण्डर : सिमोन कजार, जोचिम एन्डरसन, जोएकिम माहेले, आन्द्रेस क्रिस्टेनसेन, रासमुस क्रिस्टेनसन, जेन्स स्ट्रागर लार्सन, भिक्टोर नेल्सन, ड्यानिएल वास

मिडफिल्डर : थोमस डिलाने, माथियस जेनसन, क्रिस्टियन एरिक्सन, पिएरे एमिल होजवर्ग

फरवार्ड : आन्द्रेस स्कोभ ओल्सन, जेस्पर लिन्डस्ट्रेाम, आन्द्रेएस कोर्नेलिउस, मार्टिन ब्रेथवेइट, क्यास्पर डोलबर्ग, मिकेल डाम्सगार्ड, जोनास विन्ड

कतार विश्वकप क्रिस्टिएन एरिक्सन डेनमार्क

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय