+
+

विश्वकपका लागि डेनमार्कको प्रारम्भिक टिम घोषणा, एरिक्सन पनि परे

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते ९:२३

२२ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलको लागि डेनमार्कले प्रारम्भिक टोली घोषणा गरेको छ ।

डेनमार्कले सोमबार घोषणा गरेको प्रारम्भिक टोलीमा २१ खेलाडी छन् ।

विश्वकप खेल्ने टिमले नोभेम्बर १३ सम्म २६ सदस्यीय अन्तिम टोलको नाम बुझाउनुपर्नेछ ।

डेनमार्कका प्रशिक्षक क्यास्पर हलमन्डले केही खेलाडीका लागि लिगका २ खेल बाँकी रहेको भन्दै विश्वकपको बाँकी ५ स्थानका लागि १०-११ खेलाडी दाबेदार रहेको बताएका छन् ।

युरोकपमा हृदयघात भएर मैदानमै ढलेका क्रिस्टियन एरिक्सन पनि विश्वकपका लागि टिममा समावेश छन् ।

डेनमार्कको २१ जनाको टिम

गोलकिपर : क्यास्पर सेमिकल, ओलिभर क्रिस्टेनसन

डिफेण्डर : सिमोन कजार, जोचिम एन्डरसन, जोएकिम माहेले, आन्द्रेस क्रिस्टेनसेन, रासमुस क्रिस्टेनसन, जेन्स स्ट्रागर लार्सन, भिक्टोर नेल्सन, ड्यानिएल वास

मिडफिल्डर : थोमस डिलाने, माथियस जेनसन, क्रिस्टियन एरिक्सन, पिएरे एमिल होजवर्ग

फरवार्ड : आन्द्रेस स्कोभ ओल्सन, जेस्पर लिन्डस्ट्रेाम, आन्द्रेएस कोर्नेलिउस, मार्टिन ब्रेथवेइट, क्यास्पर डोलबर्ग, मिकेल डाम्सगार्ड, जोनास विन्ड

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?