+
+

पुनरागमन जितपछि बार्सिलोनालाई ५ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १०:०२

२३ कात्तिक , काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा मंगलबार राति ओसासुनामाथि २-१ को पुनरागमन जित निकाल्दा दुई खेलाडीले राताव कार्ड पाएका छन् ।

ओसासुनालाई उसैकै मैदानमा हराएपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ५ अंकको अग्रता बनायो तर बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्की र डिफेण्डर जेरार्ड पिकेले रातो कार्ड खाँदै मैदान बाहिरिए ।

डेभिड गार्सियाले खेलको छैटौं मीनेटमै गोल गर्दै ङरेलु टोली ओसासुनालाई अग्रता दिलाए ।

३१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले रातो कार्ड पाएपछि बार्सिलोना दश खेलाडीमा समेटियो ।

फुटबलबाट सन्यासको घोषणा नै गरेका पिकेले बेन्चमै रातो कार्ड पाए । उनले रेफ्रीसँग विवाद गरेको भन्दै रातो कार्ड पाएका थिए ।

पहिलो हाफमा एक गोलले पछि पर्नुका साथै दुई खेलाडीले रातोकार्ड पाएपनि बार्सिलोनाले दोस्रो हाफमा दुई गोल फर्कायो ।

पेड्रीले ४८ मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरे भने

राफिन्हाले ८५ मिनेटमा गोल गर्दै बार्सिलोनालाई२-१ को जित दिलाए ।

बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिडको ३२ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?