+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

रामशरणलाई तेस्रो हारबाट जोगिने चुनौती

विकास मरहट्टा विकास मरहट्टा
२०७९ कात्तिक २३ गते १२:०९

२०१८ सालमा गोरखाको घलाङमा जन्मिएका रामशरण बस्नेत ८ कक्षामा पढ्दा नै नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशन -बर्मा समूह)को सदस्य भएका थिए । २०३९ सालसम्म आइपुग्दा नेपाल राष्ट्रिय स्वतन्त्र होटल मजदूर युनियनको अध्यक्ष भएका बस्नेत २०४२/४३ सालमा काठमाडौंको पिपुल्स कलेजमा अनेरास्ववियूको सह-सचिवमा निर्वाचित भए । त्यसपछि अनेरास्ववियूको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बने ।्

२०४६ सालको आन्दोलनमा घाइते भएका बस्नेत २०४९ मा गोरखाको नारेश्वर गाविस अध्यक्ष भए । २०५२ सालमा नेकपा (एमाले)को जिल्ला कमिटी सचिवालय सदस्य निर्वाचित बस्नेत त्यसपछि जिल्ला कमिटी उपसचिव, सल्लाहकार समिति अध्यक्ष हुँदै दुई पटक जिल्ला कमिटी अध्यक्ष भए । अहिले उनी पार्टीको केन्द्रीय सदस्य छन् ।

२०५६ र २०७० मा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका बस्नेत दुबै चुनावमा पराजित भएका थिए । २०५६ मा नेपाली कांग्रेसका चिरञ्जीवि वाग्लेसँग पराजित भएका उनी २०७० सालमा नेकपा माओवादी केन्द्रका डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । यसपटक पुन: उम्मेदवार बनेका उनलाई लगातार तेस्रो हारबाट जोगिने चुनौती छ ।

प्रतिनिधिसभामा अहिलेसम्म चुनिन नसके पनि बस्नेत २०७४ सालको आमनिर्वाचनमा गोरखा-१ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी गण्डकी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री समेत बने । मन्त्री भएको मौकामा सडक नै नपुगेको ठाउँमा दरौंदी नदीमा पक्की पुल बनाउन ठेक्का लगाएको भन्दै आलोचित भएका थिए ।

तिनै बस्नेत यसपटक गोरखा-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । २०७४ को प्रदेश सभा चुनावमा वाम गठबन्धनको बलमा उनले पराजित गरेका नेपाली कांग्रेसका राजेन्द्र बजगाईं अहिले उनको प्रतिस्पर्धी छन् । यसपटक बस्नेत अघिल्लो जित जोगाउने प्रयासमा छन् भने सत्ता गठबन्धनका उम्मेदवार बजगाईं पराजयको बदला लिने दाउमा ।

‘गठबन्धन सरकार बनेको डेढ वर्ष पुग्न लागिसक्यो, जनताले राहत र नयाँपन महसुस गर्न पाएका छैनन्’ बस्नेत भन्छन्, ‘हाम्रो कार्यकालमा त जिल्लाको भौतिक संरचना विकासमा कुनै कमि राखेनौं । जनताले त्यसको मूल्यांकन गर्नेछन् । यो नै मेरो जितको आधार हो ।’

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको अंकगणित भने बस्नेतको लागि प्रतिकूल छ । उक्त चुनावमा गोरखा-१ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले २७ हजार ८४, माओवादी केन्ऽले २५ हजार ४७२, एमालेले १४ हजार ५६६ र जसपाले २ हजार ७५४ मत प्राप्त गरेका थिए ।

यसरी नेपाली कांग्रेसका बजगाईं स्थानीय निर्वाचनमा गठबन्धनले पाएको ५५ हजार ३१० मतसहित अखडामा आउँदा बस्नेतको केवल १४ हजार ५६६ मतको आधार देखिन्छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?