+
+

विश्वकपका लागि वेल्सको टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते ९:००

२४ कात्तिक काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपका लागि वेल्सले टोली घोषणा गरेको छ ।

प्रशिक्षक रोब पेजले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । वेल्स ६० वर्षपछि पहिलो पटक विश्वकप खेल्दैछ ।

समूह बी मा रहेको वेल्सले नोभेम्बर २१ मा अमेरिकासँग खेल्दै विश्वकप सुरु हुनेछ ।

वेल्सको टिम

गोलकिपर : वायने हेन्से, ड्यानी वार्ड, एडम डेभिस

डिफेण्डर : बेन डेभिस, जोए रोडोन, बेन काबान्गो, क्रिस मेफम, क्रिस गुन्टर, कोनोर रोबर्ट्स, नेको विलियम्स, एथान एमाप्डु, टम लोकयेर

मिडफिल्डर : आरोन राम्से, जोए एलन, ह्यारी विल्सन, जोए मोरेल, म्याथ्यु स्मिथ, डाएलन लेभिट, सोर्बा थोमस, रुबिन कोलविल, जोनी विलियम्स

फरवार्ड : गारेथ बेल, ड्यानिएल जेम्स, मार्क ह्यारिस, किएफर मुर, ब्रेननन जोनसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?