
काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म फिल्म क्षेत्रबाट २३ करोड ४७ लाख रुपैयाँ विदेशिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ र असोज महिनाको विवरणमा उक्त तथ्य उल्लेख छ । जसमा उक्त रकम बराबरको सिफारिस मन्त्रालयबाट भएको छ । १२ करोड ३९ लाख ८२ हजार भारु र २ लाख ७६ हजार १५८ अमेरिकी डलर सिफारिस भएको छ ।
विदेशी फिल्म, छायांकन, सिनेमाघर र उपकरण ल्याउन उक्त रकम सिफारिस भएको हो । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्षको चौथो त्रैमासिकमा २१ करोड ४२ लाख रुपैयाँ विदेशिएको थियो ।
साउन, भदौ र असोज महिनामा ४५ फिल्मको सेन्सर भएको छ । फिल्म दर्ताबाट ४ लाख ५ हजार रुपैयाँ राजस्व संकलन छ । आठवटा विज्ञापन चलचित्र सेन्सर हुँदा २४ हजार राजस्व प्राप्त भएको छ ।
२० वटा विदेशी फिल्म र डकुमेन्ट्रीले छायांकन अनुमति लिएबापत ३ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4