+
+

‘सेल्सबेरीको ब्ल्याक फ्राइडे छुटको महोत्सव हुनेछ’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १५:१७

काठमाडौं । छोटो समयमै नेपालभर निकै लोकप्रिय बनेको खुद्रा वस्तु बिक्री गर्ने चेन डिपार्टमेन्टल स्टोर हो सेल्सबेरी । हाल देशभर २९ वटा आउटलेटसहित ग्राहकको मन जितिरिहेको यो स्टोरले गत वर्षदेखि किनमेलको नयाँ मेलाको रुपमा ‘ब्ल्याक फ्राइडे अफर’ सुरु गरेको छ । पहिलो वर्ष नै आफ्नो नयाँ अफरबाट निकै लोकप्रियता कमाएको सेल्सबेरीले शुक्रबारदेखि एक साताका लागि यो वर्षको ‘ब्ल्याक फ्राइडे अफर’ सुरु गर्दैछ ।

उपभोक्तालाई वर्षभरिकै उत्कृष्ट छुटसहित वस्तुहरुको बिक्री गरिने यो किनमेलको मेला नेपालमा भने सेल्सबेरीले मात्रै गर्छ । अमेरिका र युरोपमा निकै प्रचलनमा रहेको यस्तो मेलाको यो वर्षको तयारी सकिएको सेल्सबेरी कम्पनीका चिफ बिजनेस अफिसर (सीबीओ) सीएन पौडेलले बताए ।शुक्रबारदेखि सुरु हुने किनमेलको महामेलामा ग्राहकहरुले ५० प्रतिशतसम्म छुट पाउने पौडेलले बताए ।

वर्षभरिका लागि चाहिने वस्तुहरु एकै पटक बम्पर छुटमा खरिद गर्ने मौका ‘ब्ल्याक फ्राइडे अफर’ भएको भन्दै उनले अबको एक साता ग्रहकका लागि विशेष भएको बताउँछन् । यसै सन्दर्भमा अनलाइनखबरले पौडेलसँग ‘ब्ल्याक फ्राइडे अफर ’ के हो ? यसमा ग्राहकले के–के सुविधा पाउँछन् ?, मेलाको आकर्षण लगायतकाबारेमा पौडेलसँग कुराकानी गरेको छ । प्रस्तुत छ पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

‘ब्याल्क फ्राइडे अफर’ भनेको के हो ?

‘ब्याल्क फ्राइडे’ भनेको अमेरिकामा व्यापक रुपमा प्रचलित किनमेलमा अफर स्किम हो । विस्तारै यो युरोपतिर पनि फैलियो । नयाँ चाडपर्व आउँदै गर्दा क्रिसमस नयाँ वर्ष जस्ता चाडवर्प अघि हरेक स्टोरले आफ्ना ग्राहकलाई सामान किन्नका लागि प्ररित गर्ने स्किम हो । ती मुलुकका ठूला–ठूला स्टोरहरुले यस्ता अफररु दिन्थे । अरु बेला किन्नै नसक्ने वस्तुहरु पनि उपभोक्ताले किन्न सक्नेगरी छुटहरु घोषणा हुन्थे ।

प्रिमियम रेन्जका सामानहरु पनि मिडियम क्लासमा मानिसले खरिद गर्ने सक्ने गरी यस्ता अफरहरु मेलामा हुन्थ्यो । त्यस्तो मेलाले गर्दा ती मुलुककै अर्थतन्त्र चलायमान र फरक पार्ने अवस्था हुन्थ्यो । पछिल्लो समय नेपालीहरु पनि अध्ययन र घुमघामका सिलसिलामा अमेरिका र अन्य विकसित मुलुकमा पुग्ने गरेका छन् । उनीहरु पनि यो मेलाबाट प्रेरित छन् ।

यस्तै अनुभूतीबाट हामीले नेपालमा गत वर्ष ब्ल्याक फ्राइडे भन्ने अभियान घोषणा गर्‍यौं । सेल्सबेरीले स्थापनाको वर्षदेखि हरेक वर्ष ग्राहकहरुलाई आफ्नो स्टोरबाट वस्तुहरु बिक्री गरिरहेका छौं । नेपाली माटो सुहाउने गरी ग्राहकलाई यो अफर किन नदिने भनेर अभियान नै चलायौं । हामीले सुरु गरेको विशेष सहुलियतसहितको अफर नै ‘ब्ल्याक फ्राइडे’ अफर हो ।

नेपालीहरुले धेरै किनमेल मुख्य चाडपर्वमा गर्छन् । तर, चाडपर्व पछि यस्तो अफर ल्याउँदा बिक्री कति प्रभवकारी हुने देख्नुहुन्छ ?

विदेशमा चाडपर्वको अघि यस्ता अफरहरु हुन्छन् । तर, नेपालमा चाडपर्व पछि हामीले यो अफर घोषणा गरेको छौं । यसको मुख्य उदेश्य भनेको सेल्सबेरीको ग्राहकलाई आफ्नो मनपर्ने स्टोरसँग किनमेल गर्ने व्यवहारलाई नियमित गराइ राख्न पनि हो । अर्को महत्वपूर्ण कुरा चाहिं हामीले केही न केही नाफामै यत्तिका समय ग्राहकका लागि माल वस्तु बिक्री गर्‍यौं । यो एक हप्ता ग्राहकका लागि नाफारहित र विशेष छुट किन नदिने भनेर यो अफर ल्याएका हौं । नेपाली माटो सुहाँउँदो अफरले ग्राहक चकित पर्नेछन् ।

यस वर्षको ब्ल्याक फ्राइडे अफर कहिलेदेखि कति दिन चल्छ ?

यो पटक पनि हामीले ब्याल्क फ्राइडे अफर एक साताका लागि घोषणा गरेका छौं । २५ कात्तिक शुक्रबारदेखि सुरु हुने यो अफर एक साता अर्थात २ मंसिरसम्म चल्ने छ ।

यो अफर गत वर्ष र अहिलेमा के फरक छ ?

पहिलो वर्ष यो अफर ल्याउँदा हामी पनि अन्योलमा थियौं । के हुन्छ ? कस्तो हुन्छ ? ग्राहकको बुझाइ के होला ? भन्ने थियो । नेपालमा पहिलो पटक रिटेलमा यस्तो अफर घोषणा गरेका कारण पनि यस्ता शंकाहरु उब्जिएका थिए । तर, जब अफर सुरु भयो ग्राहकहरुले यसलाई अवसरको रुपमा लिनु भयो । किनमेल गर्नका लागि उहाँहरुले गरेको प्रतिस्पर्धाले हामीलाई अब दोस्रो पटक यो अफरमा जान बाध्य बनायो । अघिल्लो वर्ष सिकेका कुरालाई अझ राम्रो गर्दै यो वर्ष अफर ल्याउँदै छौं । तीन हजार प्रकारका वस्तुमा नसोचेको छुट ग्राहकले पाउनुहुन्छ ।

अफरमा ग्राहकहरुले के–के छुट पाउँछन् ?

विशेष गरी यो अफरमा ग्राहकहरुले नगदमा भारि छुट पाउनु हुन्छ । यो मेला भनेको अफरको महोत्सव हो । यसमा नाफा भन्दा पनि ग्राहकलाई कसरी खुसी बनाउने भन्नेमा ध्यान दिन्छौं । वर्ष दिनका लागि चाहिने वस्तुहरु ग्राहकले अहिले नै किनेर सञ्चिती गर्ने मेला हो यो । ग्राहकले सेल्सबेरीबाट के पाएका छन् भन्ने स्मरण गर्ने गरी यो अफरको मेला हुनेछ ।

अफरमा विद्युतीय समानमा ५० प्रतिशतसम्म छुट दिने कुरा बाहिर आइरहेका छन् । यथार्थमा के हो ?

यो साँचो हो । हामी यो पटक ५० प्रतिशतसम्म छुट दिंदै छौं । यो कुराले ग्राहकलाई अचम्म पनि लाग्न सक्छ । ५० प्रतिशत छुट दिन सक्नेले यस अघि कति धेरै नाफा राखेर बिक्री गरेका रहेछन् भनेर ? तर यो अफर ग्राहकलाई दिनका लागि हामीलाई कम्पनीले पनि दिएको हुन्छ । यी वस्तुहरु उत्पादन र आयात गर्नेहरुले सेल्सबेरीका लागि दिएको अफर पनि हो । उपभोक्ताले मूल्यलाई न्याय गर्ने गरी यो अफरमा छुट दिनेछौं ।

उपभोक्ताले अफरमा कुन–कुन वस्तु किन्न सक्छन् ?

घरमा नभई नहुने तर विलासी वस्तुमा यो अफर अलि धेरै लक्षित छ । तर, सेल्सबेरीले बिक्री गर्ने तीनदेखि ५ हजार प्रकारका वस्तुमा यो अफर लागु हुन्छ । सामान्य अवस्थामा किन्ने टिभीभन्दा अहिले किन्ने टिभी निकै सस्तो हुन्छ । ६५ इन्चको टिभी ५५ इन्चको मूल्यमा उपभोक्तालाई यो अफरमा दिन सक्छौं । प्रिमियम क्लोथिङ, विद्युतीय सामग्री, घरायासी भान्साका सामान र खाद्यान्नमा पनि विशेष छुट छ । जसरी पनि ग्राहकको भान्सामा सस्तोमा गुणस्तरीय सामान जाउन भन्ने चाहिरहेका छौं । जाडोयाम सुरु भइसकेको छ । जाडोमा चाहिने वस्तु पनि प्राथमिकतामा छन् ।

उपभोक्ताले किनमेलका लागि सेल्सबेरीकै अफर रोज्नु पर्ने कारण के छन् ?

अघिल्लो वर्ष उपभोक्ताले देखाएको क्रेजले किनमेलका लागि सेल्सबेरीकै अफर उपभोक्ताले रोज्छन् भन्ने हाम्रो विश्वास हो । त्यही विश्वासका साथ यो वर्ष पनि हामीले ठिक समयमा अफर घोषणा गरेको हौं ।

देशभर सेल्सबेरीका आउटलेट कति छन् ? 

देशभर सेल्सबेरीका २९ वटै आउटलेटहरु छन् । जहाँबाट ब्ल्याक फ्राइडे अफरको डिल हुन्छ । कतिपय स्टोरहरुमा फ्रिजहरु जस्ता मेसिनरी वस्तु नभएको अवस्थामा पनि ग्राहकसँग स्टोरले डिल गर्छ र त्यसलाई उपभोक्तासम्म पुर्‍याउने काम अर्को नजिकको स्टोरबाट हुन्छ । यसको अर्थ देशभरिका हाम्रो सबै स्टोरबाट अफरहरु लागु हुन्छन् ।

यो अफरमा ग्राहकसँग सेल्सबेरीको अपेक्षा चाहिं के हुन्छ ?

छोटो समयमै ग्राहकहरुले सेल्सबेरीलाई नयाँ उचाइमा पुर्‍याइदिनु भएको छ । ग्राहकप्रति हामी नमन गर्न चाहन्छौं । बेच्ने र किन्नेको रुपमा मात्रै नभई सेल्सबेरीको ग्राहकलाई एउटा स्टेक होल्डरको रुपमा हामीले लिएका छौं । ग्राहकले दिएको मायाको बदलामा हरेक वर्ष अझ धेरै छुट सहितको प्याकेज पस्कन सकौं । ग्राहकले गरेको मायाकै कारण फाइदा नहेरी छुट दिन अफर अघि सारेका हौं ।

पछिल्लो समय मार्ट कल्चर कुनै एक वर्गको मानिसले किनमेल गर्ने थालो हो भन्ने भाष्य बनेको छ । सेल्सबेरीको स्टोर र यो अफरमा कस्ता–कस्ता ग्राहक आउन सक्छन् ?

सेल्सबेरीले कहिल्यै पनि ग्राहकको वर्ग हुन्छ भन्ने मान्यता राख्दैन । बरु सामान प्रयोग गर्ने ग्राहकको भने वर्ग हुन सक्छ । तसर्थ, सबै खाले आय र उपभोग भएका वर्गका मानिसहरु यो अफरबाट फाइदा लिन सक्छन् । सकेसम्म धेरै भन्दा धेरै वस्तुहरु धेरै भन्दा धेरै उपभोक्ताका लागि बिक्री गर्ने उदेश्य हो ।

अझ हामी त बजारमा पाइने भन्दा प्रिमियम प्रकारका वस्तु प्रिमियम तरिकाले बिक्री गर्ने र हरेक ग्राहकलाई बिक्री गर्ने उदेश्य हो । कम गुणस्तरको सामान कम आय भएको मानिसले खानु पर्छ भन्ने हाम्रो मान्यता होइन । एउटा उदाहारण हेरौं न हाम्रो आउटलेटमा भएको दाल उच्च गुणस्तरको छ । सबै प्रकारका ग्राहकले हाम्रो दाल थप नकेलाई सिधै कुकरमा राखेर पकाउन सक्नुहुन्छ ।

विश्वकप फुटबल प्रतियोगिता पनि नजिकिंदै छ ? यही समयमा यो अफर घोषणा हुँदैछ । विश्वकप लक्षित अफरहरु पनि छन् कि ?

विश्वकप फुटबल भनेको एउटा विश्वभरको पर्व हो । यो समयमा ग्राहकहरुको किनमेल गर्ने व्यवहार पनि अलि फरक हुन्छ ।यसका लागि कम्पनीहरुले पनि विभिन्न खाले अफर गिफ्टहरु गरिरहेका हुन्छन् । यस बेलामा हामीले विश्वकपको माहोल झल्किने गरी हाम्रो स्टोरमा बनाउँछौं । यससँग सम्बन्धित अफरहरु पनि हामी उपलब्ध गराउँछौं । ग्राहकलाई यहाँ भित्र छिर्दा ‘वाउ विश्वकप !’ भन्ने बनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?