+

पाकिस्तानसँग खेल्ने राष्ट्रिय टिम घोषणा, आवास लामिछाने पहिलोपल्ट टिममा

२०७९ कात्तिक  २५ गते १६:५३ २०७९ कात्तिक २५ गते १६:५३

२५ कात्तिक, काठमाडौं । कात्तिक ३० गते हुने पाकिस्तान सँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

प्रशिक्षक कटुवालले मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई सुरुवाती प्रशिक्षणमा बाेलाएका थिए । तीमध्ये २३ जनालाई छनोट गरेका हुन् ।

टिममा कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुलाई समावेश गरिएको छैन । गोलकिपर किरण हाल आई-लिगका लागि राउण्ड ग्लास पञ्जावमा आबद्ध भएका छन् र उनी भारतमा लिगका लागि तयारी गरिरहेका छन् । यस्तै आवास लामिछानेले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउँदा ६ खेलाडीले पुनरागमन गरेका छन् ।

यसअघि बंगलादेश विरुद्ध खेलेको मैत्रीपूर्ण खेलमा टिममा नरहेको नवयुग श्रेष्ठ, सुनिल बल, आयुष घलान, पुजन उपरकोटी, गौतम श्रेष्ठ र निशान खठ्काले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

बंगलादेश विरुद्धको खेल राष्ट्रिय टिममा डेब्यु गरेका आशिष चौधरी टिममा अटाएनन् । आशिषसँगै बंगदेश विरुद्ध डेब्यु गरेका रितिक खड्का भने टिममा समावेश छन् । यस्तै मनिष डाँगी पनि टिममा छैनन् ।

बंगलादेश विरुद्ध टिममा रहेका डिफेण्डर सुमन अर्याल अष्ट्रेलिया पुगेका छन् भने अर्का डिफेण्डर रेजिन धिमाल टिममा परेनन् । यस्तै मिडफिल्डर सुदिप गुरुङ पनि टिममा अटाएनन् । आई-लिग खेलिरहेका गाेलकिपर कप्तान व्यस्त तालिकाका कारण राष्ट्रिय टिमका लागि उपलब्ध हुन नसकेकाे प्रशिक्षक प्रवेश कटुवालले जानकारी दिए ।

नेपाली टिम

गोलकिपरः विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु

डिफेण्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, गौतम श्रेष्ठ, निशान खड्का

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्दम्बे, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आवास लामिछाने

फरवार्डः अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, रितिक खड्का, सुजल श्रेष्ठ

मैत्रीपूर्ण खेल राष्ट्रिय फुटबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय