२५ कात्तिक, काठमाडौं । अर्को सातादेखि कतारमा सुरु हुने फिफा विश्वकपका लागि पूर्व च्याम्पियन स्पेनले आफ्नो टिम घोषणा गरेको छ ।
स्पेनका प्रमुख प्रशिक्षक लुइस एनरिकेले युवा खेलाडीलाई विश्वास गरी विश्वकपको उपाधि दावी गर्ने स्पेनिस टिमको घोषणा गरेका हुन् । स्पेन सन् २०१० को विश्वकप विजेता हो ।
स्पेनको टिममा भेट्रान डिफेण्डर तथा पूर्व कप्तान सर्जियो रामोस समावेश भएनन् । स्पेनिस टिम बार्सिलोनाका मिडफिल्डर पेड्री र गाभी, एट्लेटिको मड्रिडका कोके, म्यानचेस्टर सिटीका रोड्रीलगायतका युवा स्टारको भरोसामा रहनेछ ।
२६ सदस्यीय टिमको कप्तानी सर्जियो बुस्केटले गर्नेछन् ।
स्पेनिस टिम
गोलकिपरः उनाई सिमोन, रोवर्ट सान्चेस र डेभिड राय
डिफेण्डरः ड्यानी कार्भाजल, सेसार आज्पिलिकुएटा, एरिक गार्सिया, पाउ टोरेस, ह्युगो गुइलामोन, एमेरिक लापोर्टे, जोर्डी अल्बा र जोसे गाया
मिडफिल्डरः सर्जियो बुस्केट, रोड्री, गाभी, कार्लोस सोलर, मार्कस लोरेन्टे, पेड्री र कोके
फरवार्डः येमेरी पिनो, फरान टोरेस, निको विलियम्स, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो साराविया, ड्यानी ओल्मो र अंशु फाती
प्रतिक्रिया 4