
२५ कात्तिक, काठमाडौं । साना पसलकाे खाता व्यवस्थपन गर्ने काराेबार र प्राेटिनयुक्त दुग्ध पदार्थ उत्पादन गर्ने नयाँ आइडियाले याे वर्षको स्टार्टअप अवार्ड जितेका छन् ।
युवा उद्यमी मञ्च नेपाल काठमाडौं च्याप्टरले आयाेजना गरेकाे अवार्डमा १५६ प्रतिस्पर्धीलाई पछि पार्दै दुई कम्पनीले उपाधि जितेको हाे ।
पहिलो चरणामा प्रतिस्पर्धामा सहभागी मध्येबाट आयाेजकले उत्कृष्ठ ७ लाई शुक्रबार अन्तिम प्रतिस्पर्धामा उतारेकाे थियाे ।
आफ्नाे उद्यमबारे ५ मिनेटको प्रस्तुति र ५ मिनेट निर्णायककाे प्रश्नाेत्तर पछि आयाेजकले याे वर्षको उत्कृष्ट स्टार्टअप छनाेट गरेको हाे ।
उपाधि विजेताले ४ लाख नगद, युरोप भ्रमणको दुईतर्फी टिकट लगायतका पुरस्कार पाए । यस्तै कम्पनीका सेवा र जिज्ञासाहरु अटाेमेटिक आर्टीफिसियल इन्टिलिजेन्टले जवाफ दिने च्याट बड कम्पनी दियाे एआई स्टार्टअपले प्रतियोगितामा तेस्राे स्थान हासिल गर्यो ।
अवार्डमा पहिलोपटक दुई वटा सहभागीलाई विजेता घाेषणा गरिएका कारण द्वितीय स्थानका लागि भने कुनै घाेषणा भएन ।
प्रतियोगिताकाे साेसल इन्टरप्राइज अवार्ड भने फाेहाेर प्लाष्टिकबाट उपयोगी बायाे प्लास्टिक बनाउने जिराे सर्कुलरले जित्याे । विजेतालाई ५० हजार नगद उपाधि प्रदान गरियो ।
तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4